तपाईँ सुन्दै हुनुहुन्छः

गरिब र विपन्नको जीवनस्तरमा परिवर्तन भए मात्रै लोकतन्त्र सार्थक हुन्छ : राष्ट्रपति 

बर्दिबास । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास, रोजगारी र उत्पादनमार्फत राष्ट्रलाई समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । 

महोत्तरीको जलेश्वर नगरपालिका–५ चौरियास्थित प्रजातान्त्रिक योद्धा स्व.गणेश नेपालीको प्रतिमा अनावरण तथा कुटी उद्यानको उद्घाटन गर्नुहुँदै उहाँले  व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा कुनै परिवर्तन र सुधार नआए लोकतन्त्रको उद्देश्य पूरा हुन नसक्ने बताउनुभयो  । उहाँले गरिब र विपन्नको जीवनस्तरमा परिवर्तन भए मात्रै लोकतन्त्र सार्थक हुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले महोत्तरीको पिपरास्थित स्व.रामनारायण मिश्रको सालिकमा समेत माल्यार्पण गर्नुभयो । त्यसअघि उहाँले जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, मटिहानीस्थित लक्ष्मी नारायण मठमा पूजाअर्चना गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button