तपाईँ सुन्दै हुनुहुन्छः

नरेश विश्वकर्माको अध्यक्षतामा एमाले बैतडीको नयाँ नेतृत्व चयन

बैतडी । नेकपा (एमाले) बैतडीको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन हुनुभएको छ ।

सोमबारदेखि सुरु भएको अधिवेशनबाट विश्वकर्मासहित सबै पदाधिकारीहरू सर्वसम्मत चयन भएको निर्वाचन कमिटी संयोजक कर्ण बहादुर कुवरले बताउनुभयो ।

उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी सिंह साउद, उपसचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन हुनुभएको छ । पार्टी अध्यक्षका लागि ६ जनाले दाबी पेश गरे पनि नेताहरूसँगको गहन छलफलपछि विश्वकर्माको अध्यक्षतामा नेतृत्व चयन भएको हो ।

नेकपा एमाले बैतडीको नयाँ कमिटी ९० जनाको हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button