तपाईँ सुन्दै हुनुहुन्छः

बस खोलामा खस्दा एक जनाको मृत्यु, १७ जना घाइते

बारा । बाराको अम्लेखगंजमा यात्रुवाहक बस खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको ३ नम्बर पुल बजार नजिकै हेटौँडाबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ९०३० नम्बरको यात्रुवाहक खोलामा खसेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको जानकारी दिनुभयो । दुर्घटनामा एक जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते र मृतकको पहिचान खुल्न बाँकी रहेको क्षेत्रीले जानकारी दिनुभयो । दुर्घटनामा दुई बालबालिका, १२ जना महिला र ३ जना पुरुष घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button