तपाईँ सुन्दै हुनुहुन्छः

कार्य सम्पादन मूल्याङ्कनमा देशमा ११ औँ र प्रदेशमै पहिलो बन्यो डडेल्धुराको अमरगढी नगरपालिका

डडेल्धुरा । कार्यसम्पादन मूल्याङ्कनमा डडेल्धुराको अमरगढी नगरपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो स्थानमा आएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिमका ८८ पालिकामध्ये अमरगढी नगरपालिका पहिलो बनेको हो । देशभर भने अमरगढी ११ औँ स्थानमा रहेको छ । आयोगले सार्वजनिक गरेको विवरणअनुसार अमरगढी नगरपालिकाले ४८ दशमलव ९९ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

यस्तै डडेल्धुरामा भने गन्यापधुरा गाउँपालिका दोस्रो स्थानमा छ । उसले ४१.९१ अङ्क पाएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाकाले ३४.६० अजयमेरु गाउँपालिकाले २८.७४, भागेश्वर गाउँपालिकाले ३६.४८, परशुराम नगरपालिकाले ३८.२८, आलिताल गाउँपालिकाले २१.८३ प्रतिशत अङ्क पाएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ । 

कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १६ सूचक तय गरिएको थियो । जसमा पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे–नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे–नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे–नगरेको लगायतका सूचक राखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button