तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।

नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेपछि उहाँले टोलीलाई बधाई दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत तेस्रो खेलमा समेत उत्कृष्ट जित हात पार्दै क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खलामा क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्यानडाविरुद्धको शृङ्खलाको अन्तिम खेलमा नेपाल नौ विकेटले विजयी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button