तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालले भोलिदेखि बज्जिका भाषामा समाचार प्रसारण गर्ने 

बर्दिबास । रेडियो नेपालले फागुन १ गते अर्थात् भोलिदेखि बज्जिका भाषामा समाचार प्रसारण गर्ने भएको छ । 

रेडियो प्रसार सेवा विकास समितिको माघ १९ गते बसेको बैठकले गरेको निर्णयपछि रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र बर्दिबासबाट भोलि अर्थात् मङ्गलवारदेखि बज्जिका भाषामा समाचार प्रसारण हुन लागेको हो ।

बज्जिका भाषाको समाचार हरेक दिन साँझको ५:४५ देखि ५:५० सम्म प्रसारण हुने रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र बर्दिबासका कार्यालय प्रमुख रामपुकार रामले जानकारी दिनुभयो ।

योसँगै अब रेडियो नेपालबाट कुल २२ भाषामा प्रसारण हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button