तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने

डडेल्धुरा । डडेल्धुरामा माघ २१ र २२ गते कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय डडेलधुराले जनाएको छ । 

कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जिल्लामा रहेका सम्पुर्ण आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी तथा अस्पतालहरूमा १२ बर्ष वा सोभन्दा माथिकालाई पहिलो र दोस्रो बुस्टर खोप लगाइने बताउनुभयो । 

पछिल्लो समय भारतबाट आउनेहरूमा सीमा क्षेत्रमा कोभिड संक्रमितहरु बढिरहेकाले पनि यो अभियान सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button