तपाईँ सुन्दै हुनुहुन्छः

कृषिको माध्यमबाट आयआर्जन वृद्धि गर्न अध्यक्ष ओलीको आग्रह

सिन्धुपाल्चोक । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पालिकाहरूले नयाँ भवन निर्माणसँगै गुणस्तरीय र सुलभ सेवा तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

थाङपाल गाउँपालिकाको बुधबार प्रशासकीय भवन उद्घाटन गर्नुहुँदै उहाँले पाँचपोखरीले भवन निर्माण सम्पन्न गरेकोमा बधाई ज्ञापन गर्नुभयो । उहाँले पाँचपोखरीका अर्ग्यानिक उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गर्नुभयो ।यहाँका स्थानीय उत्पादनले बजार पाए यहाँका स्थानीयको आय आर्जनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले उत्पादनलाई बढाउन  पालिका बासिलाई आग्रह गर्नुभयो ।उहाँले मेलम्ची हुँदै  (पाँचपोखरी भोताङ पुग्ने बाटो कालोपत्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो ।

पाँचपोखरी  पुग्ने आफ्नो आजको प्रयास मौसमले सफल नभएकाले अर्को पटक फेरि आउने उहाँले बताउनुभयो ।पूर्व मन्त्री शेरबहादुर तामाङले सरकारले पाँचपोखरीको पर्यटन प्रवर्द्धनका साथै विकासमा ध्यान दिन नसकेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष टासी लामाले बहु पहिचान सहितको भवन निर्माणका लागि सहयोग गर्ने सबैमा आभार प्रकट गर्दै हिमाली यस पालिकाको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।

गाउँपालिको भवन बनाउन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट २ करोड ३७ लाख ६० हजार ३ सय ७, संघीय समपूरक अनुदान ३ करोड ८४ लाख र पाँचपोखरी थाङपाल गाउँपालिकाबाट ४ करोड ८७ लाख ८२ हजार ८ सय ५४ रूपैंया ६४ पैसा गरि जम्मा ११ करोड ९४ लाख ३ हजार १ सय ६१ रूपैंया ६४ पैसा छुट्ट्याइएको थियो । २०७५ सालबाट निर्माण थालिएको वडा नम्बर ६ मा पर्ने उक्त भवनहरू हल, प्रशासनिक भवन, क्याटरिङ, पुस्तकालय र संग्रालय गरि ५ वटा भवनमा ३५ वटा कोठाहरू रहेका छन् ।

भवन बनाउनको लागि स्थानीयले ४५ रोपनी जग्गा दान गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button