तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा विधेयकबारे विभिन्न संवैधानिक आयोगसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न संवैधानिक आयोगका पदाधिकारीसँग विद्यालय शिक्षा विधेयक माथि सुझाव लिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा मधेशी आयोग, दलित आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग, राष्ट्रिय समावेशी आयोग र महिला आयोगका पदाधिकारीले विद्यालय तहमा दलित, जनजाति, मधेशी लगायतका परम्परागत ज्ञान र सीपलाई पाठ्यक्रममा समावेश गर्न सुझाव दिनुभयो ।

उहाँहरूले सरकारले ल्याउने विधेयकमा सार्वजनिक र निजी गरी दुई खाले शिक्षा हुन नहुने, विद्यालय व्यवस्थापन समितिमा दलित, जनजाति, मधेशी तथा मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराइनुपर्ने, सुझाव दिनुभयो ।

उहाँहरूले विद्यालयमा छात्राहरूको भर्नादर बढाउन विशेष कार्यक्रम समावेश गरिनुपर्ने, विद्यालय तहमा लैङ्गिक समानताका पाठहरू पढाइनुपर्ने विचार व्यक्त गर्नुभयो ।

संवैधानिक आयोगका पदाधिकारीहरूले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले शिक्षा प्रशासनलाई जोड दिएको र सार्वजनिक शिक्षा सुधार र गुणस्तर वृद्धिमा ध्यान नदिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button