तपाईँ सुन्दै हुनुहुन्छः

बहुविवाहको आरोपमा दाङमा एक जना पक्राउ

दाङ । दाङमा बहुविवाह गरेकोमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक मल्लका अनुसार उनलाई घोराहीका सरोज पौडेललाई बिहीबार पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई मिसिल तयार गरेर आइतबार अदालत बुझाउने तयारी रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।

पौडेलका जेठी पत्नीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । विदेश जाने लोभमा पौडेलले जेठी पत्नी हुँदाहुँदै पारिवारिक दबाबमा दोस्रो बिहे गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

पौडेलको जेठी पत्नीसँग राम्रो सम्बन्ध नभएपछि उनीहरू एकल रुपमा बस्दै आएको र पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद नगरेर दोस्रो बिहे गरेपछि जेठी पत्नी आफ्ना श्रीमान् विरुद्ध प्रहरीमा जाहेरी लगेर पुगेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button