तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मातृ शिशु मृत्युदर उच्च

नेपालगञ्ज । बाँकेमा मातृ शिशु मृत्युदर उच्च छ । 

बाँकेमा मात्र नभएर पश्चिम नेपालका विभिन्न विभिन्न जिल्लाबाट जटिल अवस्थामा गर्भवतीलाई यहाँका अस्पतालहरूमा ल्याइँदा मृत्यु हुने क्रम रोकिएको छैन । सुविधा सम्पन्न अस्पताल रहेको बाँकेमा गर्भवती, सुत्केरी तथा नवजात शिशुको मृत्यु हुने क्रम उस्तै छ ।

आर्थिक बर्ष २०७९/८० मा बाँकेमा १४२ नवजात शिशुको मृत्यु भएको तथ्याङ्क छ । २०७८/७९ मा २५० नवजात शिशुको मृत्यु भएको थियो । मृतक नवजात शिशु उपचारका लागि बाहिरी जिल्लाबाट आएका समेत हुन् ।

गत आर्थिक वर्षमा नेपालगञ्जमा ९७ जना, कोहलपुर ३३ जना, नरैनापुरमा ४ जना, डुडुवा गाउँपालिकामा ४ जना, खजुरा २ जना र राप्तीसोनारीमा ३ जनाको मृत्यु भएको थियो । 

आर्थिक बर्ष २०७९/८० मा बाँकेमा १८ जना गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । चालू आर्थिक बर्षमै नेपालगञ्जमा मात्रै ३ जना आमाले ज्यान गुमाएका छन् । गत बर्ष नेपालगञ्जमा ५ जना आमाले ज्यान गुमाएका थिए । 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत बर्ष नरैनापुरममा ४, नरैनापुरमा ३, राप्तीसोनारीमा २ तथा कोहलपुर, बैजनाथ र जानकीमा १/१ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button