तपाईँ सुन्दै हुनुहुन्छः

म्यान्माका अल्पसङ्ख्यक लडाकूहरूद्वारा बङ्गलादेशको सीमा नजिकैको सहर कब्जा

याङ्गुन। म्यान्मामा एउटा सशस्त्र जातीय अल्पसङ्ख्यक समूहले बङ्गलादेश र भारतको सीमा नजिकै एउटा सहर र धेरै जुन्ता चौकीमाथि कब्जा गरेको बताएको छ । यो घटना सङ्कटग्रस्त सेनाका लागि पछिल्लो झट्का हो । 

नोभेम्बरमा अराकन सेना (एए) ले सुरक्षा बलहरूमाथि आक्रमण गरेपछि म्यान्माको पश्चिमी राखिन र चिन राज्यहरूमा झडपहरू भएका छन् । यसबाट सन् २०२१ को सैन्य विद्रोहपछि धेरै हदसम्म कायम रहेको युद्धविराम समाप्त भएको छ । 

एए म्यान्माको सीमावर्ती क्षेत्रहरूमा एक दर्जन सशस्त्र जातीय अल्पसङ्ख्यक समूहहरूमध्येको एक हो । यीमध्ये धेरैले सन् १९४८ मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछि स्वायत्तता र आकर्षक स्रोतहरूमा नियन्त्रणका लागि सेनासँग लडिरहेका छन् । 

लडाकूहरूले बङ्गलादेश सीमाबाट करिब २० किलोमिछर टाढा चिन राज्यको पलेटवा सहरमाथि कब्जा गरेको समूहले आइतबार राति बताएको छ । पलेटवा कलादान नदीमा अवस्थित छ जसको प्रयोग नयाँदिल्ली समर्थित पूर्वाधार संरचना पहलले भारतको भूमिबाट घेरिएको उत्तरपूर्वलाई बङ्गालको खाडीसँग जोड्न प्रयोग गर्ने आशा गर्दछ । 

एएले पोस्ट गरेका तस्बिरहरूमा जसमा उसले आफ्ना लडाकूहरूलाई सहरको प्रहरी चौकी र सामान्य प्रशासन कार्यालयहरू बाहिर देखाएको छ । सन् २०१४ को जनगणनाअनुसार ६४ हजारभन्दा बढी जनसङ्ख्या भएको पालेटवा टाउनसिपमाथि आफ्नो अब पूर्ण नियन्त्रण रहेको उसले एएले बताएको छ । 

साथै एएले भारतलको मिजोरम राज्यको सीमामा छ सैन्य अड्डाहरूमा पनि कब्जा गरेको बताएको छ । यद्यपि एएफपीले उक्त रिपोर्टको पुष्टि गर्न सकेको छैन । 

अक्टोबरमा एए र अन्य दुई जातीय अल्पसङ्ख्यक समूहको गठबन्धनले म्यान्माको उत्तरी शान राज्यमा संयुक्त आक्रमण गरी सहरहरू तथा चीनको सीमामा महत्त्वपूर्ण व्यापारिक केन्द्रहरूमाथि कब्जा गरेको थियो । 

गत साता गठबन्धनले महिनौँको द्वन्द्वपछि चीनको मध्यस्थतामा शानमा युद्धविरामको घोषणा गरेको थियो । यसले सत्ता कब्जा गरेदेखि जुन्ताका लागि सबैभन्दा ठूलो खतरा उत्पन्न गरेको थियो । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button