तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो

ढाका । विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक वर्षको पहिलो छ महिनामै करिब ११ अर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् । 

चालु वर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने विप्रेषणको प्रवाह २.९ प्रतिशतले बढेर १०.७९ अर्ब पुगेको मङ्गलवार बताउनुभएको छ । उहाँका अनुसार डिसेम्बरमा मात्र एक अर्ब ९९ करोड डलर विप्रेषण रेकर्ड भएको छ ।  जुन अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षमा एक सयभन्दा बढी देशहरूबाट करिब एक करोड बङ्गलादेशी नागरिकहरूले २१ अर्ब ६१ करोड डलर विप्रेषण पठाएका थिए । 

बङ्गलादेशका लागी विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो जहाँ अधिकांश विप्रेषण खाडी देशबाट आउने गर्छ ।  रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button