तपाईँ सुन्दै हुनुहुन्छः

मिटरब्याज : पीडित र पिडक उपस्थित नहुँदा न्यून उजुरी मात्रै समाधान

नवलपरासी,पश्चिम् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले पिडक र पीडित दुवै पक्ष उपस्थित नहुँदा पश्चिम नवलपरासीमा परेका उजुरी मध्ये न्यून उजुरीको मात्र मिलापत्र भएको छ ।छलफलका लागि दुवै पक्षलाई बोलाईएपनी अनुपस्थित हुने गर्दा थप उजुरी उपर कामकारबाही अघि बढाउन समस्या भएको प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाबाट प्रशासन कार्यालयमा दर्ता भएका २ हजार ५४ वटा उजुरीमध्ये २ सय ६९ वटामा छलफल भएको र १ सय ६७ वटा मात्र समाधान भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिनुभयो।

‘पहिलो त प्रशासनले छलफलमा बोलाउँदा पीडित र पीडक भनिएका उपस्थित नहुने दोस्रोमा कागजी प्रमाणको अपुग हुने हुँदा अधिकांश उजुरीमा छलफल नै हुन बाँकी रहेको छ,’ देवकोटाले भन्नुभयो । यद्यपि अधिकतम प्रयास गरेको उहाँको भनाई छ । प्रशासन कार्यालयबाटै टुङ्गिने प्रकृतिका कामका लागि छलफलबाट नै किनारा लगाउने र अदालत जानुपर्ने विषयमा सोही अनुसार उजुरीलाई वर्गीकरण गरिने देवकोटाले बताउनु भयो ।पटक पटक प्रशासनले बोलाउँदा पीडक नआउने र पहिले नै रकम लिएको भन्दा दोब्बर कागज बनाएको हुँदा समाधान निस्कन नसकेको पीडितको भनाई छ।

पीडितहरू बिच नै आपसी मतभेद र मिटरब्याजपीडित सर्घष समिति पनि एउटै जिल्लामा दुईवटा हुँदा समस्या समाधानमा कठिनाइ भएको छ । मिटरब्याजपीडित सर्घष समितिका केन्द्रिय सदस्य रामसुबक मुसहरले छलफल भएपनि समस्या समाधान नहुनुमा पीडितलाई पहिले नै बढी रकमको कागज बनाउने तथा जग्गा राजीनामा पास गरेर लिएको कारण पीडितले न्याय पाउन नसकेको जिकिर गर्नु भयो ।ग्रामीण बस्तीहरूमा सहज रुपमा बैङ्किङ सुविधा नपाउँदा यहाँका नागरिक मिटरबाजीको चक्रब्युमा फस्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button