तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा चितुवाको आक्रमणबाट ८ जना घाइते

नेपालगन्ज । बर्दियामा चितुवाको आक्रमणमा परी ८ जना घाइते भएका छन् ।

गुलरिया नगरपालिका–११ गोरखचौराहा र बढैयाताल गाउँपालिका–९ टेशनपुरमा आइतबार चितुवाको आक्रमणमा परी सहायक प्रहरी हवल्दार, वन सुरक्षाकर्मीसहित ८ जना घाइते भएका हुन् । घाइतेहरूको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तुलसीराम अर्यालले बताउनुभयो ।

बढैयाताल–९ का मोहनलाल थारुले खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयले लखेटेका थिए । त्यसपछि चितुवाले गुलरिया–११ फरमान हजामको घर पसेर आक्रमण गरी घाइते बनाएको अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button