तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृत भाषाको महत्व विश्वव्यापी रुपमा बढेको छ : सभामुख घिमिरे

सिन्धुपाल्चोक । सभामुख देवराज घिमिरेले संस्कृत भाषाको महत्व विश्वव्यापी रुपमा बढेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ मा अवस्थित सिपा तीनघरे संस्कृत माध्यमिक विद्यालयको १२१ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संस्कृत भाषाको विकासको लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सभामुख घिमिरेले शिक्षा सबैका लागि सर्वसुलभ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्कृत भाषा तथा शिक्षा विश्वसामु फैलिएको बताउँदै नेपालमा पनि यसको संरक्षणका लागि सिपा तीनघरे संस्कृत माध्यमिक विद्यालय लगायतले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, पूर्व मन्त्री शेरबहादुर तामाङ लगायतका नेताहरूले पनि नेपालमा संस्कृत भाषाको विकासका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button