तपाईँ सुन्दै हुनुहुन्छः

यात्रामा प्राप्त सुझाव पूरा गर्ने अध्यक्ष ओलीको प्रतिबद्धता

लमजुङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राका क्रममा प्राप्त सुझाव काठमाडौँ पुगेर सम्बोधन गर्ने बताउनुभएको छ ।

पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा सुन्दर बजारको खत्रीठाटीमा आयोजित सभामा अध्यक्ष ओलीले यात्राका क्रममा महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा लमजुङका खेलमैदान, मध्यपहाडी लोकमार्गका समस्याबारे प्रतिनिधिसभा सदस्य तथा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button