तपाईँ सुन्दै हुनुहुन्छः

किरात गोल्डकप : इलामलाई हराउँदै झापा सेमिफाइनलमा

पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम वाइवाइ अन्तर्राष्ट्रिय किराँत गोल्डकप फुटबल प्रतियोगिता’को दोस्रो खेलमा इलामलाई हराउँदै झापा सेमिफाइनलमा पुगेको छ ।

फिदिम मा.वि. को खेल मैदानमा आइतबार सम्पन्न भएको खेलमा रेड हर्स इलाम लाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेड क्लब झापाले सेमिफाइनलको यात्रा तय गरेको हो । झापाका लागि खेलको २२ औँ मिनेटमा श्याम मुर्मुले निर्णायक गोल गरे । मुर्मु खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । इलामले गोल गर्न पाएको केही अवसर गुमाउँदा प्रतियोगिता बाट बाहिरिएको छ ।

पाँचथर फुटबल क्लबको आयोजनामा मङ्सिर २३ सम्म हुने प्रतियोगिताको विजेताले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उप विजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशि जिल्लाकै सर्वाधिक हो ।

साथै, प्रत्येक खेलको म्यान अफ द म्याच लाई ५ हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार र म्यान अफ द सिरिजलाई २५ हजार नगद पुरस्कार दिने आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकीले जानकारी दिनुभयो ।

मुख्य प्रायोजक वाइवाइ रहेको प्रतियोगितामा ए डिभिजनका २ वटा क्लबसहित ८ टिम सहभागी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button