तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस लुम्बिनी सम्मेलनको बन्द सत्रमा तीनवटा प्रतिवेदन पेश

रुपन्देही  । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको दोस्रो दिन बन्द सत्र सुरु भएको छ ।

प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमितिसहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भातृ संस्थाका प्रतिनिधि गरी  ७ सय ५० जनाको सहभागिता रहेको प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल मुस्कानले बताउनुभयो ।  

सम्मेलनमा उपसभापति भुवन प्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन, महामन्त्री सुरेन्द्रराज आचार्यले साङ्गठनिक प्रतिवेदन र  कोषाध्यक्ष प्रकाश रानाले आर्थिक  प्रतिवेदन प्रस्तुत गर्ने  कांग्रेसका प्रदेश सदस्य विष्णु पोख्रेलले बताउनुभयो । 

प्रतिवेदनमाथि प्रतिनीधीहरुको छलफल पछि आगामी कार्यदिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिनुभयो । 

सम्मेलनको हिजो शनिबार केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । बन्द सत्र कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यता,  नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षता र सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान)को सञ्चालनमा चलिरहेको छ ।

बन्द सत्रमा कांग्रेस केन्द्रीय सदस्य डा। चन्द्र भण्डारी, पुस्पा भुसाल, दिपक गिरी, डाक्टर गोविन्द पोख्रेल, अजयबाबु सिवाकोटी, अब्दुल रज्जाक लगायतका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ । सम्मेलनले नयाँ कार्य योजनासहित नीति सम्मेलनमा पेश गर्ने प्रस्तावसमेत तयारी गर्ने सभापति अमरसिंह पुनले बताउनुभयो । सम्मेलन आजै सकिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button