तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीसहित प्रमुख नेताहरू बैतडीमा

बैतडी । नेकपा(एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली सहित एमालेका प्रमुख नेताहरूको टोली बैतडी पुगेको छ ।
एमालेले बिहीबारबाट सुरु गर्ने झुलाघाट–चिवाभन्ज्याङ सङ्कल्प यात्राका लागि नेताहरू बैतडी पुग्नुभएको हो । अध्यक्ष ओलीले भोली बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेर “सम्वृद्धिका लागि सङ्कल्प यात्रा २०८०”को प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले बिहान ८ बजे झन्डोत्तोलन गरिसकेपछि ११ बजे गोठलापानी बजारमा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टीका १ सय बढी केन्द्रीय नेताहरू बैतडी पुगेको पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पालले बताउनुभयो ।

बैतडीबाट सुरु गरिने सङ्कल्प यात्रा ३ हप्तापछि पाँचथर जिल्लाको चिवाभन्ज्याङ पुगेर सम्पन्न गरिनेछ ।

उक्त यात्रामा पार्टीको प्रमुख नेताहरूका साथै जनवर्गीय सङ्गठनका अध्यक्षहरू सहभागी रहनुभएको छ ।

बैतडीबाट सुरु हुन गइरहेको यो सङ्कल्प यात्राले देशमा नयाँ सन्देश प्रवाह गर्ने एमाले बैतडीका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button