तपाईँ सुन्दै हुनुहुन्छः

‘स्थानीय मदिरा ब्राण्डिङ्का लागि कानुन निर्माण गर्दैछौं’

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय स्तरमा उत्पादित रक्सीलाई ब्रान्डिङ गर्नका लागि कानुन निर्माणको प्रक्रिया अघि बढाएको छ ।

प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार संघीय सरकारसँग समन्वय गरेर कानुन निर्माणको प्रक्रिया अगाडी बढाइएको छ । प्रदेश सरकारले स्थानीय स्तरमा उत्पादित पेय पदार्थ र मदिरालाई कानुन निर्माण गरि बजारीकरण गर्नका लागि दुई करोड बजेट बिनियोजन गरेको छ । सोही अनुसार कानुन निर्माणको प्रक्रिया अघि बढाइएको अर्थमन्त्री मास्कीले बताउनुभयो ।

हाल विदेशबाट रक्सी ल्याएर नेपाली बजारमा खपत गर्ने गरिएको भन्दै नेपालमै रक्सी उत्पादन गरेर बजारीकरण गरेमा बाहिरबाट आयत गर्नुपर्ने अवस्था नरहने भन्दै यो कार्य अघि बढाइएको उहाँको भनाई छ । पहिलो चरणमा बाँके स्थित राप्ती सोनारी गाउँपालिकाले मौवाबाट रक्सी उत्पादन गर्न थालेको समेत मन्त्री मास्कीले बताए । प्रदेशमा मौवा, कोदो, जामुन, कुरिलो, टिमुर, बेल, लालिगुरास लगायतबाट मदिरा उत्पादन गर्ने तयारी रहेको छ ।

त्यस अवसरमा तुलसीपुर ३ मा ६१ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button