तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्कको कर्जाको भाका बढाउन इँटा व्यवसायीहरूको माग 

विराटनगर । कोशी प्रदेशका इँटा व्यवसायीहरूले बैङ्कबाट लिएको कर्जाको किस्ता र व्याज बुझाउने भाका अवधिको समय बढाउन सरकारसँग माग गरेका छन् । 

कोशी अञ्चल इँटा उद्योगी व्यवसायी सङ्घले आज मोरङका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाउँदै कर्जा किस्ताको अवधि बढाउन र बैंंकको व्याज एकल अङ्कमा राख्न  माग गरेका हुन ।

कोइलाका आपूर्तिमा सहजता नहुनु, कोइलामा मूल्य वृद्धि तथा  आपूर्ति गरिएका कोइला गुणस्तरयुक्त नहुनु साथै मुलुकको आर्थिक अवस्थाकाका कारण घर  तथा निमार्णका कायले गति लिन नसक्दा इँटा उत्पादन ह्वातै घटेको र दुई वर्ष देखि इँटाको बिक्री ठप्प हुँदा बैङ्कको व्याज र किस्ता समयमा तिर्न नसकेको अवस्थामा बैङ्कको ऋण व्याजको भाका २०८२ आषाढ मसान्त सम्म पुर्‍याउने व्यवस्था गर्न  व्यवसायीहरूले माग गरेका छन् । इँटाको कारोबार प्राय ठप्प हुँदा  समस्याका  मोरङ  र सुनसरी जिल्लामा रहेको ६७ वटा इँटा उद्योग मध्ये ३० प्रतिशतमात्र उद्योग सञ्चालनमा छन् ।

बैंंक तथा वित्तीय संघसंस्थाहरुबाट वित्तीय लगानी पुर्नकर्जा लगानी हुन नसक्दा दुई वर्षदेखि  ठुलो परिणामको इँटा उद्योग परिसरमा स्टक रहेकाले आफूहरूलाई बैङ्कको व्याज तिर्न समस्या भएकाले बैकको भाका बढाउन  सरकारसँग माग गर्दै ज्ञापनपत्र बुझाएको  कोशी अञ्चल इँटा उद्योग व्यवसायी संघका निवर्तमान अध्यक्ष  महेन्द्र साहले बताउनुभयो ।  अवस्था सहज भएपछि निरन्तर रुपमा किस्ता अनुसार आफूहरू बैकको व्याज तिर्न तत्पर रहेको उहाँको भनाई थियो ,

कोशी अञ्चल इँटा उद्योग व्यवसायी संघका अध्यक्ष विजयकुमार श्रेष्ठले उद्योगलाई बचाउन इँटा उद्योगीसँग पहिले भएको सम्झौता अनुसार सिङ्गल अकंको  व्याज लिने  व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।

मोरङ र सुनसरी जिल्लामा ६७ वटा इँटा उद्योगहरू रहेका छन् । एउटा उद्योगमा ५ करोड देखि एक अर्बसम्मको लगानी रहेको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका हुन ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button