तपाईँ सुन्दै हुनुहुन्छः

हत्या आरोपमा दुई भारतीय पक्राउ

बर्दिवास । महोत्तरीबाट प्रहरीले हत्या आरोपमा दुईजना भारतीय युवकलाई पक्राउ गरेको छ । महोत्तरीको पिपरा गाँउपालिका वडा नं ५ हर्दिया टोलका १९ वर्षीय आशिक पासवानको हत्याको आरोपमा दुई भारतीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुबनि जयनगर घर भएका १९ वर्षीय दिपक मलिक र मधुबनी साहारघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिक रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार हत्या गरिएका पासवान बिहिवार स्थानीय जगदिश साहको खेतमा मृत भेटिएका थिए ।
पक्राउ परेका दुबैजना पिपरा गाँउपालिका–५ स्थित आफ्नै मामा सुरेश मलिकको घरमा बस्दै आएका थिए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइ सोधपुछ तथा अनुसन्धानपछि सो घटनामा संलग्न रहेको खुलेपछि पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button