तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा कोदालो प्रहार गरेर आफ्नै बुवाको हत्या 

कञ्चनपुर । कञ्चनपुरका एक युवकले कोदालो प्रहार गरेर आफ्नै बुवाको हत्या गरेका छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीरको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घर परिवारको विवादका कारण उनले बुवामाथि आइतबार बिहान कोदालो प्रहार गरेका हुन्। हेमन्तले कोदालो प्रहार गरेर बुवाको घटनास्थलमा नै मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ।

हेमन्तलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button