तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ : महामन्त्री थापा

पोखरा । नेपाली काँग्रेसका केन्द्रिय महामन्त्री युवा नेता गगन कुमार थापाले देशको सबैभन्दा ठुलो रोग भ्रष्टाचार भएको बताउनु भएको छ । नेपाली काँग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनमा बुधबार बोल्दै नेता थापाले देशको सबै भन्दा ठुलो रोग भ्रष्टाचार भएको दाबी गर्दै अब यसमा संलग्न भएका जो कसैलाई कारबाही गर्नुपर्ने बताउनु भएको हो । 

काँग्रेसले अब स्थानीय तह वडा वडा देखि पालिका हुँदै प्रदेश र सङ्घीय तहसम्म भ्रष्टाचार विरोधी गतिविधि गर्ने जो कसैलाई छाड्न नहुने उहाँको भनाई थियो । यसमा सबैको सम्पत्ति छानविन हुनु नेता थापाले माग गर्नु भयो । दोषी जो कसैलाई छाड्न नहुने काँग्रेसले भ्रष्टाचार विरोधीलाई कारबाही गर्न अग्रसर हुनै पर्ने नेता थापाको भनाई थियो । 

गठबन्धनले प्रजातन्त्रलाई नै खाने नेता थापाले बताउनु भयो । उहाँले अबको निर्वाचन यसरी नचल्ने बताउँदै यसरी गरिएको गठबन्धन लामो समय नचल्ने र टिक्नै नसक्ने दाबी गर्नु भयो । चुनाव अघि अब कसैसँग गठबन्धन गर्न नहुने नेता थापाले दाबी गर्नु भयो । नेता थापाले निर्वाचन प्रणाली बदल्नुपर्ने बताउँदै प्रत्यक्ष निर्वाचन प्रणाली बनाउनु पर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो “पोखरा महानगरका मेयर बनाउन जसरी गठबन्धनको रुपमा हामीले सहयोग गरी बनायौँ तर आज महानगरमा एक रुपैयाँ पनि हिनामिना र भ्रष्टाचार भएको छ भने अब मेयरलाई काँग्रेसले जोगाई राख्न आवश्यक छैन, त्यसको विरुद्ध भण्डाफोर गर्नुपर्छ । ” आगामी ४ वर्षमा हुने पोखराको मेयरको उम्मेदवार बन्ने व्यक्ति केन्द्रमा नेताहरू कहाँ घर घरमा होइन अब जनताको घर घर वडा वडामा पुग्नै पर्ने नेता थापाले बताउनु भयो । २०७९ सालको निर्वाचनमा काँग्रेस ठुलो पार्टी भए पनि नेतृत्वको कारण चुक्दा हाल काँग्रेस रोएको बताउनु भयो । 

मिलेर बसेका सयौँ थरीका नेपालीहरू विचित्रको नेपालमा विभिन्न नाममा जातीय द्धन्द निम्त्याउन खोज्नु ठुलो विडम्बना भएको नेता थापाले बताउनु भयो । २००७ सालमा जनै लगाउने र नलगाउनले एकै मेसमा खाना खानु पर्छ भन्ने पार्टीको नीति भएको उहाँले उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो “ हाम्रो पार्टीमा यदि कसैले कुनै जातीय छुवाछुत गर्छ भने पार्टीबाट निकाल्नुहोस् त्यो काँग्रेस हुनै सक्दैन । ” नेपालमा हरेक जातिको विशेषता भएको बताउँदै नेता थापाले सबैको पहिचान र सम्मान गर्नुपर्नेमा जोड दिनु भयो । कुनै पनि धर्ममा दया, करुणा, माया हुनै पर्ने उहाँको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button