तपाईँ सुन्दै हुनुहुन्छः

संविधान सभाका अध्यक्ष नेम्वाङको निधनबाट आफू मर्माहत र स्तब्ध : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध तुल्याएको बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले एक शोक सन्देश जारी गर्नुहुँदै इलाम–२ बाट प्रतिनिधि सभाका सदस्य समेत रहनुभएका नेकपा (एमाले) उपाध्यक्ष नेम्वाङको निधनबाट मुलुकले एक जना भद्र, शालीन, मृदुभाषी र मिलनसार नेता गुमाएको उल्लेख गर्नुभएको छ ।

उहाँले एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुका साथै मृतात्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button