तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बुधवारको बैठक स्थगित

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण यही भदौ २७ गते बुधबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सूचना जारी गरी स्थगित भएको बैठक सभामुख देवराज घिमिरेले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे तोक्नुभएको जनाउनुभएको छ ।

आजका लागि निर्धारण भएको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि स्थगन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button