तपाईँ सुन्दै हुनुहुन्छः

सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताउनुभएको छ ।

file photo

जनयुद्धका क्रममा राज्य पक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) को २४ औँ स्मृति सभालाई सम्बोधन गर्न गोरखा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले गोरखाको पालुङटार नगरपालिका–२ आँप पिपलमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले माओवादीले उठाएका मुद्दा र जनताको चाहना पूरा हुन अझै पनि बाँकी रहेको बताउनुभयो । “जनयुद्धका क्रममा उठाएका सबै मुद्दा पूरा भइसकेका छैनन्”, उहाँले भन्नुभयो, “शान्तिपूर्ण ढङ्गबाट बाँकी रहेका मुद्दालाई स्थापित गर्दै जाने दृढ सङ्कल्पका साथ लागिरहेका छौँ ।”

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि जनयुद्ध र जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले शान्ति सम्झौताको केही काम पूरा हुन अझै बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्‍याउनेतर्फ सरकार लागिरहेको बताउनुभयो । उहाँले सत्य निरुपण तथा बेपत्तासम्बन्धी विधेयक पारित भएपछि देशभर सहिद तथा बेपत्ता परिवारको सम्मान हुने उल्लेख गर्नुभयो ।

विसं २०५६ भदौ २३ गतेका दिन बिरामी अवस्था रहनुभएका नेता वाग्लेलाई पार्टी कामका सिलसिलामा रहनुभएका बेला साबिकको गोरखाको गाँखु गाविसमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो । विसं २०४७ देखि शिक्षण पेसा छोडेर कम्युनिष्ट राजनीतिमा होमिनुभएका नेता वाग्ले माओवादीले जनयुद्धको थालनी गरेसँगै भूमिगत हुनुभएको थियो ।

सत्र वर्ष शिक्षण सेवामा बिताउनुभएका नेता वाग्ले पार्टीभित्र वैचारिक, साङ्गठनिक र दृढ सङ्कल्प भएको नेताका रुपमा चिनिनहुन्थ्यो । गोरखाको आपँपिपल गाविसको रातडाँडा भन्ने ठाउँमा विसं २०१० भदौ २४ गते जन्मिनुभएका नेता वाग्ले सानैदेखि विद्रोही स्वभावको हुनुहुन्थ्यो । उहाँ जनयुद्धका क्रममा मारिनुहुने पार्टीको सबैभन्दा उच्च तहको नेता हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button