तपाईँ सुन्दै हुनुहुन्छः

‘अपराधमुक्त समाज निर्माण सरकारको प्राथमिकता’

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागेको बताउनुभएको छ ।

‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण’ भन्ने मुल नारासहित आज काठमाडौँको टुँडिखेलमा आयोजित ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा गृहमन्त्री श्रेष्ठले समृद्धिका लागि सुशासन, सुशासनका लागि भ्रष्टाचार र अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागिरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार गर्ने विरुद्धको कारबाही प्रक्रियाबाट सरकार पछि नहट्ने र दलाल पुँजीको सट्टा राष्ट्रिय पुँजीको प्रवर्द्धन गरिने उल्लेख गर्नुभयो ।

उहाँले नेपालको राजनीतिक परिवर्तनमा ज्यापु समुदायको अमूल्य योगदान रहेको बताउनुभयो । “सङ्घीयता र समावेशीसहित मुलुक यहाँ आइपुग्नुमा ज्यापु समुदायको ठूलो योगदान छ, ०४६ सालको आन्दोलन होस् कि ०६२/६३ को आन्दोलन, ज्यापु समुदायले आफूलाई अग्रणी र निर्णायक सावित गरेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

काठमाडौँको आन्दोलनमा आजका ज्यापु महागुठीका अध्यक्ष राजभाइ महर्जनको घरमा बसेर कार्यक्रम बनाइएको समेत उहाँले स्मरण गर्नुभयो । ज्यापु र हरेक समुदायले चाहेजस्तै व्यवस्थासँगै जनताको जीवनस्तर परिवर्तनको चुनौती बाँकी रहेकाले वर्तमान सरकार समृद्धिको मूल प्राथमिकतासहित अगाडि बढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button