तपाईँ सुन्दै हुनुहुन्छः

द्वन्द्व विश्व शान्तिका लागि समस्या : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व विश्व शान्तिका लागि समस्या भएको बताउनुभएको छ ।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा आज वर्ल्ड पिस काउन्सिलका दक्षिण एसियाका प्रतिनिधिसँगको अन्तरक्रियामा उहाँले केही देशमा भइरहेको द्वन्द्व विश्व शान्तिका लागि चुनौतीका रूपमा रहेको बताउनुभयो ।

उहाँले आफूहरू शान्ति स्थापना गर्न लागिपरेको बताउँदै नेपाल द्वन्द्व र हिंसाको पक्षधर नबन्ने बताउनुभयो । अध्यक्ष ओलीले मानिसलाई शान्तिको अनुभूति गराउन गरिबी र भोकमरीबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मानवअधिकार, सामाजिक न्याय र भयरहित वातावरणमा बाँच्न पाउनुपर्ने मानिसको अधिकार भएको बताउँदै नेपालमा महिला अधिकारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । अध्यक्ष ओलीले काउन्सिललाई विश्व शान्ति स्थापनाका लागि प्रभावकारी रूपमा काम गर्न आग्रह गर्नुभयो ।

नेपाल पिस एन्ड सोलिडारिटी काउन्सिलका संयोजक रवीन्द्र अधिकारीले शान्तिका लागि राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button