तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आज पार्टीको केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रि भोजको आयोजना गर्नुभएको छ ।

रात्रि भोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट प्रतिनिधित्व गर्नुहुने मन्त्री, सांसद लगायतको उपस्थिति थियो ।

सो अवसरमा सभापति देउवाले नेता निधिलाई रात्रिभोज आयोजना गर्नुभएकोमा धन्यवाद दिनुभएको थियो । नेता निधिले सबैलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button