तपाईँ सुन्दै हुनुहुन्छः

गौशालामा घर पालुवा पशुचौपाया लिएर हुलिदिएपछि ..

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा छाडा चौपायाहरू व्यवस्थापन गर्न गौशाला निर्माण गर्‍यो । करिब एक सय  ५० गाई अट्ने गरी गौशाला निर्माण गरी सञ्चालनमा पनि ल्यायो ।  बनगाड नगरपालिका भर तत्काल एक सय छाडा पशुचौपाय रहेका थिए । 

तर बनगाडका कृषकहरूले घरपालुवा बस्तुभाउ पनि गौशालामा छोडिदिएका छन् । किसानहरुले आफ्नो घरमा रहेका पशुचौपाय छोडिदिँदा अहिले गौशालामा झन्डै ६ सय बढी पशुचौपाय रहेका छन् । किसानहरुले ६०० घरपालुवा जनावर ल्याएर बाधिदिदा भार थाम्न नसक्ने र गाई बस्तु लाई उचित व्यवस्थापन गर्न असम्भव भएको नगरपालिकाले जनाएको छ ।

क्षमता भन्दा धेरै पशुचौपाय कारण किसानहरूलाई आ आफ्नो घरबाट ल्याएर छोडेका घरपालुवा गाई गोरु फर्काउन मेयर कर्ण बहादुर बुढाथोकीले आग्रह गर्नु भएको छ । पशुचौपाय गौशालामा ल्याएर मात्र समस्याको समाधान नहुने बताउँदै तिनलाई दानापानी घाँसको पनि समस्या हुने भएकाले जो जसले आफ्नो पशुवस्तु गौशालामा ल्याएर छोड्नु भएको छ ती सबै यथाशक्य फिर्ता लिनु होला उहाँले भन्नु भयो । 

वनगाड कुपिण्डे नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै नगरपालिका क्षेत्रभित्र रहेका छाडा गाईवस्तु चौपाया व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक तयारी गरेकोमा विभिन्न टोल तथा बस्तीहरूबाट घरायसी रुपमा पालन गर्दै आएका गाईबस्तु चौपाया समेत छाडा छोडी गौशालामा पुर्याएको जानकारी हुन आएकोले यथाशीघ्र आ आफ्ना गाईवस्तु चौपाया फिर्ता लिनुहुन अनुरोध गरेको छ  ।

अन्यथा नगरपालिकाले आवश्यक छानबिन गरि गाईवस्तु चौपाया सम्बन्धित धनीको जिम्मा लगाई थप कारबाही समेत गरिने मेयर बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button