तपाईँ सुन्दै हुनुहुन्छः

सेवा वितरणमा विभेद नहोस् : मन्त्री मोदी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सेवाग्राहीका रुपमा आउने कर्मचारीलाई पनि विभेदरहित ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

file photo

मन्त्री मोदीले आज राष्ट्रिय किताबखाना (निजामती) को आकस्मिक अनुगमन गर्दै सेवा वितरणमा विभेद गर्ने र जनतालाई दुःख दिने कर्मचारीलाई कारबाही गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सेवाग्राहीका रुपमा आउने सरकारी कर्मचारीलाई समेत विभेदरहित ढङ्गले सेवा प्रवाह गर्नुपर्छ, सेवा वितरणमा विभेद गर्नेलाई कारबाही हुन्छ ।” सोही अनुगमनका क्रममा मन्त्री मोदीले सेवाग्राहीका रुपमा किताब खानामा आएका कर्मचारीलाई सेवा वितरणमा गुनासो भए त्यसको जानकारी आफूलाई गराउन निर्देशन समेत दिनुभएको थियो ।

कर्मचारी समयमै कार्यालयमा नआउने र पूरा समय कार्यालयमा नबस्ने गुनासो आएपछि आफूले आकस्मिक निरीक्षण गरेको बताउँदै मन्त्री मोदीले सहरमा र सुविधायुक्त ठाउँमा मात्र रहेका कर्मचारीलाई आलोपालो दुर्गम क्षेत्रमा पनि सरुवा गरिने बताउनुभयो ।

किताबखानाका महानिर्देशक डा टोकराज पाण्डेले मन्त्री मोदीलाई किताब खानाबाट धेरैजसो सेवाहरू अनलाइनमा वितरण हुने गरेको र आफ्नै भवन नहुँदा सेवा प्रवाह जटिल भएको जानकारी गराउनुभएको थियो । किताबखानाले निजामती कर्मचारीको सिट रोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक, पेन्सन पट्टा बनाउने र सम्पत्ति विवरण लिने काम गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button