तपाईँ सुन्दै हुनुहुन्छः

आयुर्वेद उपचारमा बढ्दो मोह

बाँके । बाँकेमा आयुर्वेद तथा प्राकृतिक उपचारमा मानिसहरूको आकर्षण बढ्दै गएको छ। कोहलपुर नगरपालिका -११ मा रहेको आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीको सङ्ख्या बढ्दै जान थालेको हाे । जिल्लाका विभिन्न पालिकाबाट   दैनिक २० देखि ३० जना  उपचारका लागि  बिरामीहरू आउने गरेका छन् । 

कोहलपुर ११ का रमेश प्रसाद श्रेष्ठ   नसा सम्बन्धि रोगबाट पीडित हुनुहुन्छ । दुई दशक देखि नसा दुख्ने समस्याले सताएपछि  नेपाल मात्र नभई लखनउका विभिन्न अस्पतालसम्म पुग्नुभयो । जति उपचार गर्दा पनि सन्चो नभएपछि प्राकृतिक पद्धतिबाट उपचार थालेपछिआफू निको भएको बताउनुहुन्छ।  बाहिर औषधालयमा नि:शुल्क सेवा पाउँदा आफु जस्ता धेरै विपन्न नागरिकलाई राहत मिलेको उहाँको भनाइ छ ।मुगुकी माेतिसरा विश्वकर्मालाई पनि  हातखुट्टा दुख्ने समस्या छ । उपचारका लागि तराई झर्नु भएकी उहाँ आयुर्वेद अस्पतालको सेवाबाट सन्तुष्ट हुनुहुन्छ ।

यस्तै ग्याष्टिककाे  समस्या भोगिरहेका काेहलपुर-८का गोवर्धन केसीले  अस्पतालले प्रदान गर्ने सेवा  ज्येष्ठ नागरिक मैत्री भएको बताउनु भयो । घरमै सेवा पाउँदा आफूलाई निकै सहज भएको बताउनु भएको छ ।

कोहलपुरमा रहेको आयुर्वेद औषधालय जिल्लाको एकमात्र सरकारी अस्पताल हाे । नगरपालिकाको स्वामित्वमा रहेकोले अस्पतालले विभिन्न शिविर,घरदैलो सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको चाप बढेको बताउनु हुन्छ,कोहलपुर आयुर्वेद औषधालयका शाखा प्रमुख उदिप श्रेष्ठ  ।

 उहाँले अस्पतालमा आयुर्वेद सेवा लिन धेरै जसो पेट सम्बन्धि समस्या भएका नसा सम्बन्धी समस्या भएका बाथरोगीहरु आउने  गरेको बताउनु भएको छ। रुघाखोकी , नसा, पायल्स फिस्टुलाका रोगीहरू बढी आउने गरेको र यस आयुर्वेद औषधालयबाट २३ प्रकारको औषधि निःशुल्क पाइने  ओपिडी सेवा , बच्चा जन्मेको ५ महिनासम्मको बच्चालाई सपोर्ट हुने गरि स्तनपान सेवा कार्यक्रम , ज्येष्ठ नागरिकहरूको लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम त्यस अन्तर्गत  रसायन औषधी  इम्युनिटी पावर बढाउने  कार्यक्रम , अनि बाथको समस्या भएकाहरूको लागि  पन्चकोष कार्यक्रम अन्तर्गत पूर्वक्रम सेवा स्टिमबाथ  हातखुट्टा दुख्ने , नसासम्बन्धी समस्या भएका बाथरोगीहरुको लागि दुई प्रकारको सेवा दिइरहेको बताउनु भयो ।

कोहलपुर आयुर्वेद औषधालयले नगरका विभिन्न वडाहरूमा  स्वास्थ्य शिविर सँगसँगै योग शिविर सञ्चालन गर्दै आएको छ ।
शिविर सञ्चालन अनि कोरोनाको कहर सुरु भएदेखि बिरामीहरू खोज्दै खोज्दै यहाँसम्म  आउनेको चाप बढेको छ।

आयुर्वेद  औषधालयमा उपचार गराएका बिरामीहरू सन्तुष्ट छन् । जनशक्ति अभावका कारण उपचार गर्न समस्या छ । अस्पतालकाे   सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारले ध्यान दिन जरुरी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button