तपाईँ सुन्दै हुनुहुन्छः

पौडीखेल्ने क्रममा खोलालले बगाउँदा एक जनाको मृत्यु

बागलुङ। बागलुङको दरमखोलामा पौडीखेल्ने क्रममा वेपत्ता भएका एक युवा मृत फेला परेका छन् ।

बागलुङको गलकोट नगरपालिकामा निमार्णधिन रहेको दरमखोला हाइड्रोपावरमा मजदुरीको काम गर्दै आएका २२ वर्षीय मिलन कार्की सोही हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा वेपत्ता हुनु भएको थियो ।

ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट नगरपालिका–११ बस्दै आउनु भएका कार्की पौडी खेल्ने क्रममा बेपत्ता हुनु भएको थियो । 

वेपत्ता भएका कार्कीलाई प्रहरी टोलीले बेपत्ता भएको स्थानदेखि ४ किलोमिटर पूर्व खोलाको बिच भागमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका पैहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button