तपाईँ सुन्दै हुनुहुन्छः

‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार कटिबद्ध’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ । हेटौँडामा बिहीबार आयोजित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जमरकट्टेलले यस्तो बताउनुभएको हो ।

प्रतिष्ठानका कुलपति समेत रहनुभएका मुख्यमन्त्री जमरकट्टेल ले प्रतिष्ठानको स्थापनालाई प्रदेशकै गौरवको आयोजनाको रुपमा अगाडि बढाइएको बताउनुभयो । आफु कानूनमन्त्री हुँदा कानून निर्माण गरेर प्रतिष्ठान गठन गरेको उल्लेख गर्दै उहाँले त्यस बेलादेखि अहिलेसम्म प्रदेश गौरवको आयोजनाका रुपमा काम भइरहेको र अब पनि हुने बताउनुभयो । प्रतिष्ठान स्थापना भएसँगै १३ जिल्लाको अस्पताल एवम् र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको मुख्यमन्त्री जमरकट्टेलको भनाइ थियो ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक कुलपति एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानले सञ्चालन गरेको हेटौँडा अस्पताल अहिले जिल्लाको मात्र नभएर प्रदेशको गौरवको आयोजनाको रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले हेटौँडा अस्पतालमा सुधार भइरहेको र अस्पतालको सुधारविरुद्ध माफियाहरू लागिपरेको दाबी समेत गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश सरकारको गौरवको आयोजना अन्तरगत अस्पताल रहेको बताउनभयो ।

२०७६ साल असोज २ गते प्रदेश स्तरमै पहिलोपटक बागमती प्रदेशको राजधानी हेटौँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button