तपाईँ सुन्दै हुनुहुन्छः

चिनिया पर्यटक आकर्षित गर्न एनएमबि बैंकले ल्यायो वी च्याट पे

पोखरा । चिनियाँ पर्यटकलाई आकर्षित गर्न एनएमबि बैंकले नेपालमा वी च्याट पे लोकप्रिय डिजिटल वालेट वी च्याट ल्याएको छ ।

चिनियाँ पर्यटकले अब नेपालमा सजिलै भुक्तानी गर्न सक्ने गरी एनएमबि बैङ्क सँगको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजिटल वालेट वी च्याट पे (WeChat Pay) आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको हो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, एनएमबि बैंकका सञ्चालक योगेन्द्र लाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी तथा र चिनियाँ अधिकारीहरूको उपस्थितिमा लेकसाइड पोखरामा एक समारोहबिच वी च्याट पे सेवाको औपचारिक घोषणा गरिएको हो ।

नेपालका लागि चीनका राजदूत चेन सोङले वि च्याट पे कोड मार्फत स्थानीय व्यवसायीलाई कारोबार गर्न सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

हाल देशभर २०१ शाखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टर मार्फत् सेवा प्रदान भइरहेको एनएमबि बैंकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button