तपाईँ सुन्दै हुनुहुन्छः

जो बाइडनका छोरा हन्टरद्वारा आयकर नतिरेको स्वीकार

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरले सङ्घीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको स्वीकार गर्नुभएको छ ।

हन्टर बाइडेनले आफ्नो गृह राज्य डेलावेयरस्थित अमेरिकी महान्यायाधिवक्ताको कार्यालयसँगको निवेदनमा आफू लागुऔषध प्रयोगकर्ता भएको र बन्दुक राखेको स्वीकार गर्नुभएको हो ।

हन्टर बाइडेन र अमेरिकी अभियोजकहरूबीच भएको सम्झौतालाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले मङ्गलबार आफ्ना छोरा हन्टरलाई अभियोग स्वीकार गरेकोमा स्यावासी दिनुभएको छ ।

“राष्ट्रपति र प्रथम महिलाले आफ्नो छोरालाई माया गर्छन् र उसलाई सहयोग गर्छन् किनकि उसले आफ्नो जीवनको पुन ः र्निर्माण जारी राख्छ,” ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । “हामीले थप कुनै टिप्पणी गर्ने छैनौं,” विज्ञप्तिमा भनिएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button