तपाईँ सुन्दै हुनुहुन्छः

असिनाबाट २ करोडको काँक्रोको बीउ नष्ट

पर्वत । हरेक वर्ष करोडौँको काँक्रोको बीउ बेच्दै आएका पर्वतको फलेवास नगरपालिका ११ पाङराङका किसान यस वर्ष निराश छन् । असिनाले लगाएको सबै काँक्रो चुटेपछि किसान निराश भएका हुन् ।

स्थानीय नारायण स्थान बीउ उत्पादन सहकारीमा आबद्ध भएका किसानको मुख्य आम्दानीको स्रोत काँक्रोको बीउ हो । यस वर्ष असिनाले १२० परिवारको बीउ नासिएको सहकारीका अध्यक्ष मायाकुमारी पाठकले जानकारी दिनुभयो ।

यस वर्ष असिनाले १ करोड ७५ लाख बराबरको बीउ र बीउमा गरिएको ५० लाख बराबरको लगानी नष्ट भएको पाठकले जानकारी दिनुभयो । बीऊ उत्पादनबाट वर्षेनी रु २ देखि रु. २ करोड १० लाख रुपैयाँसम्म भित्र्याउँदै आएको यो गाउँमा यस वर्ष भने कत्ति पनि उत्पादन नहुने नभएको पाठकले जानकारी दिनुभयो । यहाँका कृषकले दुई वर्ष अघि ७ टन बीऊ उत्पादन गरेका थिए । जसबाट रु. २ करोड १० लाख आम्दानी भएको थियो भने अघिल्लो वर्ष १ करोड २३ लाख रुपैयाँ ।

कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी कार्यालय प्रमुख मनिता थापाका अनुसार गत वर्ष पर्वतमा १ करोड २३ लाखको काँक्राको बीउ तयार भएकोमा यस असिनाबाट पुरै नष्ट भएको बताउनुभयो । यहाँका कृषकहरूले काँक्रोको बीउबाट एकदेखि २० लाख रुपैयाँसम्म लिने गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button