तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट १० घर जलेर नष्ट

बर्दिबास । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरहलवामा आगलागी हुँदा दश घर जलेर नष्ट भएका छन् भने लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलका अनुसार दिउँसो स्थानीय गफार शेषको घरबाट सुरु भएको आगलागीमा सोही बस्तीका सतार शेष, सदरे शेष, अंसारुल मोमिन, इझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घर गरी दश घर जलेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुमानमा आगलागीबाट २० देखि ३० लाख मूल्य बराबरको क्षति भएको छ । आगोले घर लगायत भाँडाकुँडा, खाद्यान्न समेत जलेर नष्ट भएको छ । आगलागी पीडितलाई मटिहानी नगरपालिकाले तत्काल केही खाद्यान्न र राहत सामग्री वितरण गरेको छ ।

rpt

मटिहानी नगरपालिकामा वारुणयन्त्र नभएका कारण पनि समयमै नियन्त्रण गर्न नसक्दा आगलागीले विकराल रूप लिएको स्थानीयको भनाइ छ । घटनास्थल पुगेको सेना, सशस्त्र, प्रहरी टोली तथा जलेश्वर नगरपालिकाको वारुणयन्त्र र स्थानीयको प्रयासबाट २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

rpt

प्रतिक्रिया राख्नुहोस्

Back to top button