तपाईँ सुन्दै हुनुहुन्छः

दण्डपाणि–नन्दकुमारी पुरस्कार प्राज्ञ प्रभातलाई प्रदान

काठमाडौं । यस वर्षको दण्डपाणि–नन्दकुमारी राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज काठमाडौंमा प्राज्ञ प्रभातलाई अभिनन्दन पत्रसहित २५ हजार रुपैयाँ राशिको सो पुरस्कार प्रदान गर्नुभयो ।

त्यस अवसरमा उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले यस्ता पुरस्कारले साहित्यकारलाई थप उत्कृष्ट साहित्य सिर्जनामा लाग्न प्रेरणा मिल्ने बताउनुभयो ।

समारोहमा संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. शिवहरि मरहट्ठा, केन्द्रका अध्यक्ष ईश्वरचन्द्र बानियाँ, केन्द्रका महासचिव कपिलचन्द्र खनाललगायतले मुलुकको साहित्य सिर्जनामा सहयोग पुगोस् भनेर केन्द्रले पुरस्कारको स्थापनाका साथै विभिन्न साहित्यिक कार्यक्रम गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button