तपाईँ सुन्दै हुनुहुन्छः

५८ वर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान

राजविराज । सप्तरीमा ५८ बर्षीय महिलासँग जर्वजस्ती करणी गरेको मुद्दामा एक व्यक्तिलाई कारागार चलान गरिएको छ ।
शम्भुनाथ नगरपालिका वडा नम्बर ७ बस्ने ५५ बर्षीय रामचलितर भनिने लक्ष्मण पासवानलाई कारागार चलान गरिएको हो ।

पासवानलाई सप्तरी जिल्ला अदालतले मङ्गलवार रु ५ लाख धरौटी माग गरेको थियो । धरौटी तिर्न नसक्दा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

पासवानले ७ फागुनमा ५८ बर्षीया एक महिलासँग जर्वजस्ती करणी गरेका थिए । पीडित महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरी प्रहरीले जर्वजस्ती करणी मुद्दा दायर गरी अदालतमा पेश गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button