तपाईँ सुन्दै हुनुहुन्छः

जिप्रका लमजुङको नयाँ भवन निर्माण

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङको नयाँ भवनको निर्माण सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको आवास सहितको भवन निर्माण सम्पन्न भएको हो ।

नेपाल सरकारबाट नियमित विनियोजन भएको चार करोड २३ लाख रुपैयाँमा नयाँ संरचना निर्माण भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार प्रहरी कार्यालयमा प्रमुख, अधिकृत, र जवानहरूका लागि आवास सहित भान्छा घर, हिरासत कक्ष लगायतको संरचना निर्माण भएको हो ।

प्रहरीका अनुसार जिल्ला प्रमुखका लागी एउटा आवास, अफिसरका लागि कम्तीमा दुई जना रहने आवास, एउटा हिरासत कक्ष, जुनियर प्रहरी अधिकृत र जवानहरूका लागि भान्छा घर, ब्यारेक शौचालय निर्माण भएको हो । आर्थिक वर्ष २०७६/७७ बाट निर्माण शुरु भएको भवन तीन वर्षमा सम्पन्न भएको हो । भवन निर्माणका लागि काभ्रेस्थित ब्राईट मल्टी कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको थियो ।

करिब तीन सयको हाराहारीमा प्रहरी सङ्ख्या रहेको लमजुङमा जीर्ण र पुरानो संरचना हुँदा जिल्ला भर नै निकै कठिनाइ हुँदै आएको थियो ।

नवनिर्मित भवनको नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले एक औपचारिक कार्यक्रमबिच उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button