तपाईँ सुन्दै हुनुहुन्छः

निष्पक्ष र व्यावसायिक पत्रकारिता आजको आवश्यकता : मुख्यमन्त्री शाह  

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निष्पक्ष र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ । 

कैलालीमा आज नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको तेस्रो साधारण सभाको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले मुलुकमा भएका ऐतिहासिक परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

उहाँले प्रदेश आमसञ्चार नीतिलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै पत्रकारिता क्षेत्रको विकासका लागि आफू कटिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेश सरकार मिडिया क्षेत्रसँग हातेमालो गरि अघि बढ्न तयार रहेको बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरी, सचिव हेमकर्ण विक लगायतले साधारण सभा सफलताको शुभकामना दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button