तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय ट्रकको ठक्करबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको देवचुलीमा आज भएको सवारी दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार भारतीय ट्रकको ठक्करबाट रजहर निवासी ५५ वर्षीय डालीमाया दमाईको मृत्यु भएको हो । 

देवचुली नगरपालिका वडा नं २ दुम्कौलीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एच आर ३८ टी ७७१५ नं.को भारतीय ट्रकले साइकलयात्री डालीमायालाई ठक्कर दिएको हो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डन्डा पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्रकका चालक र ट्रकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रजहरमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button