तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनको अखण्डतालाई आँच आउने गरी रुससँग कुनै सम्झौता नगर्ने राष्ट्रपति जेलेन्स्कीको भनाई

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेनको अखण्डतालाई आँच आउने गरी रुससँग कुनै शान्ति सम्झौता नगर्ने बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीलाई अन्तर्वार्ता दिनुहुँदै राष्ट्रपति जेलेन्स्कीले रुसलाई युक्रेनी भूमि दिँदै जाँदा रूसले अझै भूमि माग्दै जाने अवस्था आउने बताउनुभयो । 

जेलेन्स्कीले पश्चिमा देशहरूले हतियार पठाए रुससँगको शान्ति प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभयो । 

उहाँले रुस-युक्रेन युद्ध सुरु भएको एक बर्ष पूरा भएको दिनलाई लक्षित गर्दै रूसले भीषण आक्रमण गर्न लागेको पनि बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button