तपाईँ सुन्दै हुनुहुन्छः

स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कला, साहित्य र सङ्गीतले समाज रूपान्तरणमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

एकीकृत समाजवादी निकट राष्ट्रिय जन सांस्कृतिक महासङ्घ (समाजवादी)को चौथो पूर्ण बैठकलाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले सङ्गीत र साहित्य क्षेत्र नागरिकमा उत्प्रेरणा र उत्साह प्रदान गर्न केन्द्रित हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले सामाजिक जीवनका यथार्थपरक घटनालाई बिम्ब बनाएर स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्न सकेमा समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button