तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २८ जना घाइते

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पाटुमा पञ्चमी मेला हेरेर फर्किएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । 

बिपी राजमार्ग स्थित बर्दिबास नगरपालिका ३ स्थित पाटुमा  प्र –२–०२–००१ त २२६४ नम्बरको ट्याक्टर तीव्र गतिको कारण अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । सिन्धुली दुधौली स्थित लङ्गुर खोलामा वसन्त पञ्चमीको अवसरमा लाग्ने मेला हेरेर फर्किएको ट्याक्टर दुर्घटना भएको हो । 

मृतक महिला भएको र नाम ठेगाना पहिचान हुन सकेको छैन भने घाइतेहरूको बर्दिबास स्थित बर्दिबास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ । ट्याक्टरमा सवार हुनेहरूको सङ्ख्या एकिन हुन सकेको छैन भने सवारहरू धनुषाको औरहीको रहेको खुल्न आएको छ । घटना बारे अनुसन्धान भइरहेको र घाइतेहरू उद्धार कार्य भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button