तपाईँ सुन्दै हुनुहुन्छः

एमाले मधेश प्रदेश संसदीय दलका नेतामा यादव, उपनेतामा ठाकुर

जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशको संसदीय दलका नेतामा सरोज कुमार यादव सर्वसम्मत चयन हुनुभएको छ ।

२३ सिटसहित सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेको संसदीय दलको नेतामा केन्द्रबाट स्वीकृत यादवको नाम नेकपा एमालेका प्रदेश सभाका सदस्यहरूको बैठकले अनुमोदन गरेको प्रदेश सदस्य रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।

महोत्तरीको निर्वाचन क्षेत्र नंं ४ को क बाट निर्वाचित यादव विद्यार्थी राजनीतिबाट नेकपा एमालेमा सक्रिय हुनुहुन्छ ।

मधेश प्रदेश सभामा १० दलको सहभागिता छ भने कूल १०७ सदस्य हुनुहुन्छ ।

यसैगरी मधेश प्रदेशको संसदीय दलका उपनेतामा धनुषा ३ को ख बाट निर्वाचित प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर चयन हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button