तपाईँ सुन्दै हुनुहुन्छः

अढाई लाख नगद सहित १८ जना जुवाडे  पक्राउ

धनगढी । कैलालीमा प्रहरीले झण्डै अढाई लाख नगद सहित १८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

विशेष सूचना पाएर खटिएको प्रहरीले टोलीले धनगढी उपमहानगरपालिका ५ स्थित लब्लीचौक र वडा न-१३ स्थित श्रीलङ्का जङ्गलमा जुवातास खेल्दै गरेका १८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जुवाडेको साथबाट प्रहरीले २ लाख ४७ हजार ८५ रुपैयाँ  र  ८ गड्डी तास बरामद गरेको छ । 

पक्राउ पर्नेमा धनगढीका १५ जना, बैतडीका २ जना र गोदावरीका १ जना जुवाडे रहेका छन् । उनीहरुलाई हिरासतमा लिएर आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कबिन्द्र बोहराले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button